ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कार्यविधि संशोधन गर्दै राष्ट्र बैंकले बढायो असर्फीको मूल्य

२०७९ असार, ९  
बजार
Image Not Found

असार ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले बिहीवार सूचना जारी गर्दै असर्फीको मूल्य बढेको बताएको हो ।

बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरीद, टकमरी र विक्रीलाई व्यवस्थित गर्न बनेको ‘नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी तथा विक्रीसम्बन्धी कार्यविधि, २०७५’ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो ।

संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम १०० रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा १०० रुपैयाँले बढाएर प्रतिग्राम असर्फीको मूल्य ३०० रुपैयाँ बनाइएको छ ।

यस्तै, संशोधित व्यवस्थाले सर्वसाधारणबाहेक संगठित तथा निजी क्षेत्रका संस्थागत खरीदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट विक्री गरिने छ ।

यसरी विक्री गर्दा जर्तीलगायतको लागतवापतप्रति ग्राम ५०० रुपैयाँ थप गरी विक्री मूल्य निर्धारण गरिने भएको छ । हाल ३०० रुपैयाँ थप गरिँदै आएको थियो । यही असार ५ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x