असार ९, काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
कम्पनीले ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको हो ।
स्वीकृती पाएसँगै कम्पनीले स्थानीय बासिन्दका लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिटीजन इन्भेष्टमेण्ट ट्रष्ट रहेको छ ।