ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

त्रियुगामा सिटिजन्स बैंकको शाखारहित सेवा

२०७९ असार, १०  
शेयर / बैङ्किङ गतिविधि
Jagdamba Supershine NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले उदयपुरको त्रियुगा नगरपालिका–७ तोरीबारीमा शाखारहित बैंकिङ सेवा शुरू गरेको छ । दुर्गममा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । उक्त शाखारहित सेवा ९५औं रहेको बैंकले जानकारी दिएको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी बाबुराम थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायतका सेवा प्रदान गरिने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)