असार १०, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रवार सुन तोलाको ९७ हजार २०० रूपैयाँ तोकिएको छ । बिहीवार सुन प्रतितोला ९७ हजार ५०० सय रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँ घटेर १ हजार २४० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार यसको मूल्य १ हजार २५० रूपैयाँ तोकिएको थियो ।