ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उद्यमशीलता विकासका लागि आईटी तालीम

२०७९ असार, १२  
रोजगारी
Image Not Found

काठमाडौं (अस) । शारीरिक रूपले अपांगता भएका (आगलागीबाट जलेका, दृष्टिविहीन, श्रवणशक्तिमा कमजोर आदि) २९ जना महिला र पुरुषलाई सूचना र प्रविधि (आईटी) सम्बन्धी आधारभूत तालीम दिइएको छ । उद्यमशीलता विकासमा नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्न तालीमको आयोजना गरिएको हो । शनिवार काठमाडौंमा सम्पन्न तालीममा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले सहजीकरण गरेका थिए भने अपांगता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाको उपस्थिति थियो ।

यसअघि गत जेठ ६ गते अपांगता भएका महिलालाई उद्यमशीलता विकासमा सहयोग पुर्‍याउन कोष संकलन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले पाटन दरबार क्षेत्रमा ‘शान्ति र सद्भावका लागि संगीत’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम सुकर्म ब्याण्डसगँको सहकार्यमा गरिएको थियो । २०६० सालमा स्थापित महासंघ उद्यमी महिलाहरूको प्रतिनिधि छाता सस्ंथाको रूपमा रहेको छ । महासंघले महिलालाई आर्थिक रूपमा सशक्तीकरणका लागि पैरवी, सञ्जाल विस्तार, सूचना प्रवाह, क्षमता अभिवृद्घि, व्यावसायिक परामर्शलगायतका काम गर्दै आएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement