ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान दिवसमा रोपाइँ महोत्सव

२०७९ असार, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । सरकारले असार १५ गते कृषि अनुसन्धान परिषद्, खुमलटारसहित देशका विभिन्न स्थानमा रोपाइँ गरेर १९ औं राष्ट्रिय धान दिवस मनाउने भएको छ ।

‘धानबालीको जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ सरकारले यस वर्ष धान दिवसका दिन रोपाइँ महोत्सव गर्दै छ । सरकारले सोमवार कृषि विभागमा पत्रकार सम्मेलन गरी रोपाइँ महोत्सवबारे जानकारी दिएको हो ।

चालू आर्थिक वर्षमा नेपालमा १४ लाख ७७ हजार हेक्टर जमीनमा धान खेती भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव २६ प्रतिशत धेरै भए पनि बेमौसमी वर्षातका कारण उत्पादन ८ दशमलव ७४ प्रतिशतले घटेको थियो । त्यसैले यस वर्ष सम्भाव्य र वास्तविक उत्पादकत्वबीचको ३० प्रतिशत फरकलाई कम गरी उत्पादकत्व बढाउन तीनै तहका सरकारबाट काम थाल्ने कृषि विभागका महानिर्देशक रेवतिरमण पौडेलले जानकारी दिए ।

धानको बहुआयामिक महत्त्वलाई थप उजागर गर्दै यसको उत्पादन तथा उत्पादकत्व वृद्धि र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०६१/ ६२ मा अन्तरराष्ट्रिय धान वर्ष मनाउने सन्दर्भ पारेर नेपालमा १५ असारलाई राष्ट्रिय धान तथा रोपाइँ दिवसका रूपमा मनाउन थालिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)