ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनआईसी एशियाले ल्यायो ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’

२०७९ असार, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने उच्च ब्याजदरसहितको नवीनतम ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकले यो योजना व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहकलाई लक्षित गरी ल्याएको हो ।

यो योजनामा निक्षेपकर्ता ग्राहकले ५ वर्ष १० महीनादेखि १९ वर्ष १० महीनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार दोब्बरदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा लिन सक्ने पनि बैंकले बताएको छ । यसअघि बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement