ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘नबिल दिगो बैंकिङ’को एक वर्ष पूरा

२०७९ असार, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल बैंकले शुरू गरेको ‘नबिल दिगो बैंकिङ’को एक वर्ष पूरा भएको छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने, वित्तीय साक्षरता सुनिश्चित गर्ने लगायत उद्देश्यले शुरू गरिएको नबिल दिगो बैंकिङ बुधवार एक वर्ष पुगेको हो ।

उक्त अवसरमा बैंकले ‘नबिल ग्रीन विक’ मनाउने जानकारी दिएको छ । दिगो बैंकिङको एक वर्ष सन्तोषजनक रहेको बैंकले दाबी गरेको छ । ‘एक वर्षमा नबिल बैंक मात्र नभएर सिंगो नेपाली बैंकिङ जगत्मा नबिल दिगो बैंकिङ एक नवीन पहलको रूपमा स्थापित भएको हाम्रो ठहर छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जलविद्युत्मा लगानी गर्ने, सहुलियतमा कर्जा प्रदान गरी सामाजिक तथा वातावरणीय क्षेत्रमा काम गर्नेगरी बैंकले दिगो बैंकिङको शुरुआत गरेको थियो । नबिल दिगो बैंकिङको वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा बैंकले बुधवारदेखि नै ‘नबिल ग्रीन विक’ मनाउन शुरू गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement