ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ : सञ्चार सचिव 

२०७९ असार, १७  
समाचार विकास
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले दूरसञ्चार पूर्वाधारमा दोहोरो खर्चले उपभोक्ता मारमा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । 

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पनि आ–आफ्नै तार प्रयोग गर्दा खर्च बढेको र यसले उपभोक्ता मारमा परेको उनको भनाइ छ । ‘एकै ठाउँमा दुई कम्पनीले तार टाँग्ने गरेका छन् । त्यो खर्च उपभोक्तासँग असुल गरिन्छ । यसले पनि इन्टरनेट महँगो भएको छ,’ उनले भने ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै स्थानमा सेवा दिँदा पहिलेकै कम्पनीको तार भाडा लिई प्रयोग गरे खर्च घट्ने र तार खरिदमा बाहिरिने रकम पनि जोगिने उनको भनाइ छ । तर, यसो हुन नसकेको उनको भनाइ छ । 

सरकारले पूर्वाधार शेयरिङ गर्न नीति बनाइरहँदा पनि सेवाप्रदायकले सहयोग गर्नै नचाहेको उनले बताए । ‘सरकारसँग डलर कम भयो समयमा दिएन भनेर सरकारको घाँटी थिच्न चुनावको समयमा इन्टरनेट बन्द हुने भो भनेर आतंक मच्चाइयो । हामीलाई नै गलत साबित गरियो,’ उनले भने, ‘यो होइन । हामीले सम्भव भएसम्म सहकार्य गरौं, खर्च घटाऊँ भनेका हौं ।’ 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement