असार २१, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई साधारण शेयर भौतिकीकरण गर्न अनुरोध गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको साधारण शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो । शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडमा असार मसान्तसम्म नि : शुल्क हितग्राही खाता खोल्ने व्यवस्था मिलाइएको भन्दै कम्पनीले त्यसपछि शेयर अभौतिकीकरण गर्न पनि शेयरधनीलाई भनेको छ ।
कम्पनीले शेयर डिम्याट खातामा अभौतिकीकरण पश्चात मात्र शेयर खरीदविक्री हुने सुविधा प्राप्त हुने पनि बताएको छ ।