ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जोखिममा साना लगानीकर्ता

२०७९ असार, ३१  
पाठक विचार
NA

नेपालले खुला अर्थतन्त्रको बाटो अपनाएपछि दर्जनौं संख्यामा संगठित संस्थाहरूको स्थापना भएको छ । संगठित संस्था खोलेर धन्धा गर्नेहरूमा कतिपय फस्टाएका छन् भने कतिले डाँडो काटेर गएका पनि छन् । प्रचलित ऐनकानूनको छिद्र खोजेर होस् वा राजनीतिज्ञलाई आफ्नो प्रभावमा पारेर सानो आकारमा लगानी गर्नेहरूको पूँजीलाई बोरामा हालेर विदेश भाग्नेको संख्या पनि कमी छैन ।

ठूलो माछाले साना माछालाई खाएजस्तो गरी साना लगानीकर्ताको पूँजीको अंश सखाप पारेर चालक बेपत्ता हुँदा सरकार मौन र उदासीन रहने भएकाले साना लगानीकर्ता विवश र हतास देखिएका छन् । सरकारले लगानी सुुरक्षण कोषको अवधारणा सार्वजनिक गरे तापनि यसले गति लिएको देखिएको छैन ।

भाषण र सरकारी किताबमा लगानी सुुरक्षण कोष लेखेर हँुदैन । लेखिएका कुरालाई व्यावहारिक रूपमा कार्यान्वयमा ल्याएको खण्डमा मात्र त्यसले गति लिएको मान्न सकिन्छ । सरकारको नेतृत्वमा रहँदा गरेका काम कारबाही ठीक र सरकारबाट हट्नासाथ आलोचना गर्ने बानी नीति निर्माताहरूमा छ । अर्थमन्त्री हुँदा शेयर बजारलाई नकारात्मक दृष्टिकोणले हेर्ने र लगानीकर्ताको मागलाई वास्तै नगर्ने डा. युवराज खतिवडा अहिले शेयरबजार नहेरेर सरकारले गल्ती गरेको भन्दै आलोचना गरिरहेका छन् । नेतृत्वमा यस्तो दुईजिब्रे चरित्र देखिएकै कारण नेपालमा भएका धेरै व्यवस्था कार्यान्वयनमा आउन नसकेका हुन् । लगानी सुुरक्षण कोष पनि यस्तै हो । यसको परिचालन गरेमा सानाठूला सबै लगानीकर्ता आशावादी हुन्छन् । लगानीकर्तालाई सकारात्मक सोचले उत्प्रेरित गराएर नकारात्मक विचार हटाउन आवश्यक छ । लगानीकर्तालाई उत्कृष्ट लगानीबाट प्रतिफल दिनेलाई सम्मान दिन सकेमा लगानीकर्ताको आत्मबल बढाउन सकिन्छ ।

नाफा कमाउनका लागि ठूलो धनराशी लगानी गर्नुपर्छ ठूला वा साना कम्पनीहरूको प्राथमिक पूँजीका लागि शेयर निष्कासन गर्दा विगतमा साना लगानीकर्ताले उत्साहपूर्वक सहभागिता जनाएका थिए । तर, साना लगानीकर्ताको लगानीको सुरक्षण गर्ने सरकारले व्यावहारिक रूपमा कदम चालेको देखिएको छैन ।

सानो लगानी भए पनि उनीहरूका लागि आफ्नो हैसियतअनुसार पूँजी लगानीको रकम ठूलो भएको अनुभूति मात्र गरेका हुन्छन् । सरकारले साना लगानीकर्ताको पूँजीको संरक्षण गर्ने जिम्मेवारी वहन गर्न सकिरहेको छैन । नेपालको एउटा सुदूरपश्चिमा बस्नेले कुनै कम्पनीमा लगानी गरेको रकमको दुरुपयोग वा सदुपयोग भएको केही थाहा पाउन सक्दैन । लगानीका समयमा दरिला विज्ञापनले गर्दा आकर्षित भएका साना लगानीकर्ताले अन्त्यमा आफू ठगिएको अनुभव गर्छन् ।

साना लगानीकर्ताले गरेको लगानीमा सरकारले होस्टेमा हैंसे गरिदिए पनि देशको विकास निर्माणले गति लिन सक्छ । सरकारले अनुदानका पोका वितरण गर्नुभन्दा पनि लगानीकर्ताको हातेमालो सँगसँगै सरकारको उपस्थिति आवश्यक ठानेका हुन्छन् । नेपाल विकास बैंक, सम्झना फाइनान्स, नेकोन एयर, नेपाल एयरवेयज, युनाइटेड विकास बैंकजस्ता दर्जनौं कम्पनीलाई खारेजीमा लैजाँदा साना लगानीकर्ताले गरेको लगानी स्वाहा भएको थियो । गलत मनसाय राखेर कम्पनी हाँक्ने चालक दलका सदस्यलाई सरकारले कहिले कारबाही गरेर उनीहरूको पूँजी फिर्ता हुन्छ ? के कम्पनी खारेजी गर्दैमा सरकारको दायित्व समाप्त भएको हो त ? लगानीकर्ताले गरेको लगानी पूँजी सय रुपैयाँलाई खारेजीमा लगेर १० रुपैयाँमा समर्पण गराएपछि सरकारको कर्तव्य सकियो भनेर चुप बस्नु हुँदैन । खारेजीमा लगेर वा समान प्रकृतिकोमा गाभेर मात्र लगानीकर्ताको लगानी सुरक्षित भएको मान्न सकिँदैन ।

सरकारले साना लगानीकर्तालाई लक्षित गरेर समयसमयमा उनीहरूको हितमा लगानी शिक्षाको विकास गर्नुपर्छ ।

ठूला लगानीकर्ताभन्दा साना लगानीकर्तालाई बढी समस्या हुन्छ । त्यसो हुँदा उनीहरूको लगानी सुरक्षित होस् भन्नेमा सरकार सतर्क हुनुपर्छ ।

नवीन अधिकारी
कलंकी, काठमाडौं

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement