ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विदेश जानेको संख्या ५ वर्ष यताकै धेरै, ३० % नक्कली पिडित बने विभागको टाउको दुखाइ*

२०७९ असार, ३१  
रोजगारी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

असार ३१, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको
बताएका छन् ।

शुक्रवार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताका हुन् ।

उनले चालू आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८  हजार भन्दा माथि पुगेको बताए ।  यो संख्या पछिल्लो ५ वर्ष यताकै धेरै भएको उनले बताए । 

अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा
फर्किएको पनि पौडेलले बताए । महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृति जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको
बताए ।
उनले ७१ लाख श्रम स्वीकृतिमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृति दिएको बताए । महानिर्देशक पौडेलले चालू आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी श्रम स्वीकृति दिएको बताए ।

'श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेकोमा अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ । यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ ।'  पौडेलले भने ।

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले कार्यालयमा ४५ प्रतिशत भीडभाड कम भएको पनि बताए । 

उनले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भइ सेवाग्राहीहरुको समय र लागतसमेत कम भएको दाबी गरे ।

३० प्रतिशत पिडित नै नक्कली !

पौडेलले विभागमा ३० प्रतिशत भन्दा बढी नक्कली पिडित आउने गरेको पनि बताए । अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगेको उनले भताए ।

'वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ । तर हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडितहरु नक्कली भएको देखिएको छ ।' उनले भने, 'उनीहरु नक्कली पीडित भएको बहानामा कसैलाई फसाउनको लागि,हुँदै नभएको कारोबार वैदेशिक रोजगारमा ल्याएर जोड्ने रहेछन् । अहिले हामीले सक्कली पीडितको दूध र पानी छानेजस्तै नक्कली पीडितहरुलाई कारबाही गर्न काम गरेका छौं ।'

साउदीमा गए सबैभन्दा धेरै कामदार
महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताए।  उनले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताए । दोस्रोमा कतार, तेस्रोमा युएई र कुवेत,मलेसिया,बहराइन,रोमानिया,ओमान,जापान र क्रोएशिया रहेको बताए ।

उनले पछिल्लो समय पुनः मलेसिया जाने श्रमिकको सख्या बढ्न थालेको बताए । पौडेलले कात्तिकपछि दक्षिण कोरियाको ईपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको पनि बताए ।अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको उनको भनाइ छ ।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको पनि बताए । उनले वैदेशिक रोजगार ऐन,२०६४ ठूलो समस्याका रुपमा रहेको दाबी गरे।  उनले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको पनि जिकिर गरे । *हेडलाईन सच्याइएको

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)