ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बन्ला बूढीगण्डकी ?

२०७९ असार, ३२  
पाठक विचार
NA

बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय उल्ट्याएर वर्तमान सरकारले नेपाल आफैले बनाउने निर्णय गरेको छ । तर, नेपालको क्षमताले यति ठूलो आयोजना बन्ला त ? धेरैलाई आशंका छ । बनि नै हालेछ भने पनि कति बढी समय लाग्ला ? नाति पुस्ताको पालामा त बनिसक्ला नि भन्ने सम्म मानिसहरूको प्रतिक्रिया आएको छ । तैपनि समिति बनाएर काम थाल्ने सरकारको निर्णयले केही आशा भने जानकारी दिएको छ । यो आयोजना बने मुलुकलाई हुने फाइदा त छँदै छ स्थानीयहरूका लागि पनि ठूलो अवसर प्राप्त हुनेछ ।

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण थाल्न कम्पनी दर्ताको प्रक्रिया अघि बढाएको समाचार आएको छ । कम्पनी दर्ता भएपछि कम्पनीले काम थाल्न सक्छ । ऊर्जा मन्त्रालयले विभिन्न मोडलमा छलफल गरेर कम्पनी मोडलमा निर्माण गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।

यो आयोजनाको विस्तृत अध्ययन र डिजाइन भइसकेको छ । सबै तयारी सकेर आगामी वर्षबाट निर्माण थाल्ने बताइएको छ ।

हुन त नेपालले माथिल्लो तामाकोशी पनि आफै बनाउन सफलता प्राप्त गरेको छ । फास्ट ट्र्याक पनि नेपालले आफै बनाउँदै छ । यस्तोमा बूढीगण्डकी पनि बनाउन सक्यो भने नेपालको क्षमता बढेको मानिनेछ । त्यसैले जसरी भए पनि यसलाई बनाइनुपर्छ ।

मोहन खनाल
रानीवन, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement