ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यसरी फेरिँदै छ कर्मचारी खोज्ने शैली : सबैको रोजाइमा पर्छन् यस्तो ‘सफ्ट स्किल’ भएका कर्मचारी

२०७९ साउन, ६  
रोजगारी र यो पनि स्वास्थ्य र जीवन शैली
Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं  । तपाई जागिरका लागि आवेदन दिँदै हुनु हुन्छ ? आफ्नो रेजुमेलाई आकर्षक र राम्रो बनाउने अनेकौं उपायहरू छन् । अनुभवी कर्मचारी खोज्दा रोजगारदाताले के कस्ता कुरालाई प्राथमिकतामा राखेका छन् भन्नेदेखि उनीहरुका लागि सबैभन्दा जरुरी के हो भन्ने सम्म हेर्नु पर्ने अनेकौं पक्ष हुन्छन् । जस्तै पूर्व रोजगारदाताकहाँ दिएको लक्ष्य भन्दा बढीको काम गरेको कुरा आदिलाई पनि उल्लेख गर्न सकिन्छ ।

लिंक्डइन प्रोफाइलमा लिंक गर्न छुटाउनु हुन्न भन्छन् दक्ष करियर विज्ञहरू । एकाथरी विज्ञहरुको समूहले भने सफ्ट स्किललाई पनि समावेश गर्नु पर्छ भन्छन् । आफूले कस्ता व्यक्तिलाई भर्ना गर्न खोजेको हो भन्नेमा सफ्ट स्किलले महत्वपूर्ण भूमिका खेल्छ भनेर ९३ प्रतिशत रोजगारदाताहरुले बताउने गरेको अमेरिकाको रोजगारी मञ्च जिप रिक्रुइटरका सह–संस्थापक एवम् सीईओ इयान सेइगलले हालै एउटा प्रतिवेदनमा भनेका छन् ।

सफ्ट स्किलमा अनेकौं क्षमता पर्छ । यो सूचीमा सबैले खोज्ने चाँहि सञ्चार सिप हो । फरक फरक अवस्था वा मिश्रीत अवस्थामा व्यक्तिले कसरी व्यवहार गर्छ, समस्यालाई सञ्चारको माध्यमबाट कसरी सल्ट्याउँछ भन्ने कुरालाई हेरिने करियर बिल्डरका प्रमुख मार्केटिङ अधिकारी क्रिस्टिन केले भन्छिन् । 

जिप रिक्रुइटरले आफ्नो मञ्चमा सबैभन्दा धेरै खोजिने सफ्ट स्किलको सूचि बनाएको छ । यी मध्ये सबैभन्दा धेरै खोजी हुने केही सिपहरु सञ्चार, ग्राहक सेवा, कार्यतालिका, समय व्यवस्थापन, प्रोजेक्ट व्यवस्थापन, विश्लेषणात्मक सोचाई, स्वतन्त्र भएर काम गर्न सक्ने क्षमता, लचकता आदि । 

कोरोना भाइरसको महामारीसँगै विश्वभर धेरै कम्पनीले रिमोट वर्क र हाइब्रिड वर्क पद्दति अपनाएका छन् । यी दुवै कार्य पद्दति प्रविधिमा अति नै निर्भर छ । तपाईंलाई कसैले पठाएको इमेल वा म्यासेजको उत्तर तपाईंले कहिले अनि कुन रुपमा दिनु हुन्छ भन्ने कुराको निकै महत्व हुने केली बताउँछिन् । विविधतायुक्त र समावेशी रोजगारदाता छ भने त झन सबै खालको मानिसहरुसँग काम गर्नु पर्छ ।

कमर्मचारीहरुसँग पनि सबै खालका मानिसहरुसँग प्रभावकारी रुपमा सञ्चार गर्न सक्ने क्षमता हुनु पर्छ । मुखले भन्ने वा लेखेर व्यक्त गर्न सक्ने क्षमता त चाहिन्छ नै अरुको कुरा राम्रोसँग सुन्ने सिप पनि हुनु पर्छ ।  समय तालिका बनाएर काम गर्ने अनि समय व्यवस्थापनको कुरा गर्ने हो भने जस्तो सुकै काम वा भूमिकामा भएका व्यक्तिमा यो सिप चाहिन्छ । चाहे हाकिम होस् वा पियन, सबैले आफ्नो समय र कामलाई व्यवस्थित बनाउन जानेकै हुनु पर्छ । यसमा तनाव व्यवस्थापन, प्राथमिकीकरण, योजना बनाउने र लक्ष्य निर्धारण पनि पर्दछ । यस्तो गर्न नजान्नेले प्रभावकारी रुपले काम गर्न सक्दैन । 

अब कुरा गरौं लचकता । नयाँ अवस्था वा परिस्थिति अनुरुप आफूलाई ढाल्न सक्ने क्षमता हर कोहीमा हुँदैन । कम्पनी र काम गर्ने वातावरण सधै एउटै हुँदैनन्, निरन्तर परिवर्तन भइरहन्छन् । पुराना सहकर्मी जान्छन् अनि समूहमा नयाँ सदस्यको आगमन हुन्छ । कहिले काँही कार्यकारी अधिकारीहरु नै फेरिन्छन् । कम्पनी किनबेच हुन्छ . नयाँ हाकिम, नयाँ व्यवस्थापन समूह आउँछन् । त्यसैले फरक फरक अवस्थालाई अपनाएर सोही अनुरुप काम गर्न सक्ने क्षमता हुनु पर्छ ।

कहिलेकाँही एउटा काम गरिरहेको हुन्छ । अचनाक अर्को काम आइपर्छ । तत्कालै आफ्नो ध्यान नयाँ काममा लागउनु पर्ने हुन्छ । यसरी काम गर्न सक्ने क्षमता तपाईंमा छ कि छैन । एकै पटक एक भन्दा धेरै काम गर्न सक्ने सिप नि ? आफूले गरिरहेको काम छाडेर आकस्मिक काम गर्न सक्ने क्षमता धेरैजसो रोजगारदाता आफ्नो कर्मचारीमा देख्न चाहन्छन् । कोरोना भाइरसको महामारीको बेलामा घरबाटै काम गर्दा यस्तो अवस्था धेरै सृजना हुन्थ्यो । 

समस्या समाधान 

समस्या नै नहुने काम संसारमा पाउन मुश्किल छ । विश्लेषणात्मक अनि सृजनात्मक भएर समस्या समाधान गर्ने सिप छ भने जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ । श्रम बजारमा यस्ता खालका मानिसको माग सधैं उच्च  हुन्छ । 

टिमवर्क 

कोही मानिसलाई एक्लै काम गर्न रमाइलो लाग्छ अनि कसैलाई समूहमा साथीभाइसँग मिलेर । कामको प्रकृत्ति अनुरुप केही एउटै व्यक्तिले गर्न सक्छन् अनि कनुै कामको लागि धेरैजनाको आवश्यकता पर्छ । तर समूहमा काम गर्न सहज हुन्न । सबैको बेग्लै प्रकृति, बानी व्यहोरा अनि तरिका हुन्छ । काम गर्ने क्रममा समूहमा एक अर्कासँग रिसराग, कुरा काट्ने, एउटाको कुरा अर्कोलाई लगाउने जस्ता समस्या देखिन्छ । 

एकअर्कामा विश्वासको कमी, प्रतिबद्धताको अभाव, जिम्मेवारी नलिने, नतिजामा ध्यान नदिने आदि समस्या पनि समूहमा काम गर्दा देखिन सक्छ । समूहमा काम गर्दा द्वन्द्व व्यवस्थापन, सहकार्य, विचार साटासाट र मध्यस्थता आदि सिप पनि चाहिन्छ । समूहमा मिलेर वा सबैलाई मिलाएर काम गर्न सक्ने क्षमता नेतृत्वकर्तामा अनिवार्य चाहिन्छ । 

सृजनशीलता

कला र डिजाइनलगायत क्षेत्रमा सृजनशिलताका निकै खाँचो पर्दछ । यसमा प्रश्न गर्ने देखि परीक्षण गर्नेसम्म अन्य विविध सिपको पनि आवश्यकता हुन्छ । यस बाहेक पनि कल्पनाशिलता, नवप्रवर्तन आदि सिप पनि चाहिन्छ । 

नेतृत्वबहन

कसैलाई सिकाउने, तालिम दिने वा मार्ग दर्शन गर्नु नै नेतृत्वबहन हो । चाहे जस्तो सुकै उद्योग वा कम्पनी होस् रोजगारदाताहरु सकेसम्म नेतृत्व बहन गर्न सक्ने कर्मचारी भर्ना गर्न खोज्छन् । नेतृत्वबहन  गर्न सक्ने क्षमता भएका कर्मचारीहरुले आफैं पहल गर्छन् अनि आफ्नो क्षमता विकासमा समय खर्च गर्छन् । 

यसबाहेक पनि अरुलाई सहानुभूति देखाउन सक्ने, हाँसीमजाक गर्ने, सहिष्णु आदि क्षमता पनि हरेक कर्मचारीमा हुनु पर्छ । स–साना विवरणलाई केलाएर हेर्ने, नेतृत्व लिन सक्ने क्षमता, कार्य नैतिकता, समस्या समाधान, आदि सिप पनि खोजिन्छ । तपाईंले पनि यस्ता खालको सफ्ट स्किललाई आफ्नो रेजुमेमा ठोस उदाहरणसहित देखाउन सक्नु हुन्छ । यसलाई आफ्नो परिचय वा जब डिस्क्रिप्शन खन्डमा बुलेटमा पनि राख्न सकिन्छ । एजेन्सीहरुको सहयोगमा 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement