ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महँगीको मार

२०७९ साउन, १०  
पाठक विचार
NA

नेपालमा महँगी निकै बढेको छ । ब्याजदरभन्दा झन्डै दोब्बर महँगी बढेकाले मानिसहरू बचत गर्न उत्साहित बनेका छैनन् । लगानीको क्षेत्र पनि केही छैन । सानोतिनो बचतले घरजग्गा जोड्न सकिँदैन, शेयरबजार अनिश्चित छ । ब्याजदर त बढेको छ तर त्यो ब्याजभन्दा बढी मूल्यवृद्धि भएपछि पैसाको भाउ स्वतः घट्छ । बचत गर्नुभन्दा विभिन्न सामानहरू किन्दा नै फाइदा हुने देखेकाले मानिसहरू सामान किन्न लालायित देखिएका छन् । राष्ट्र बैंकको नीतिले ब्याजदर बढाउन खोजेको देखिन्छ । तर, महँगीको दाँजोमा ब्याजदर बढाए अर्थतन्त्रमा अर्को समस्या थपिन्छ । आर्थिक विस्तारले महँगी बढाउँछ भनिन्छ तर अर्थतन्त्र विस्तार नभए पनि महँगी निकै बढेको छ । महँगी १४ प्रतिशत नाघ्ने अनुमान आमनागरिकले गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

महँगी बढेपछि तल्लो तहका जनता सबैभन्दा बढी प्रभावित हुन्छन् । आफ्नो जग्गाजमीन भएका विपन्नलाई यसले त्यति प्रभाव नपार्ला तर ज्यालामजुरी गरेर पेट पाल्नेहरू निकै समस्यामा पर्न सक्छन् ।  

मोहन दुवाडी, रानीवन, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement