ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जिफन्टद्वारा चार वर्षमा २० लाखलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने घोषणा, 'एउटै ट्रेड युनियनको अभियान'

२०७९ साउन, १०  
समाचार रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १०, काठमाडौं । नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का नव निर्वाचित अध्यक्ष विनोद श्रेष्ठले चार वर्षमा २० लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने घोषणा गरेका छन् ।

महासंघका अध्यक्ष श्रेष्ठले मंगलवार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् । 

उनले महासंघको अधिवेसनले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिको ज्याला, रोजगारी र स्वरोजगारमा रहेका श्रमीकहरूलाई समेटेर आगामी चार वर्षमा कम्तिमा पनि २० लाख श्रमीकलाई योगदान कर्ताको रुपमा सूचिकृत गर्न अभियान चलाउने योजना रहेको बताए ।

अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा रोजगारमा रहेका मात्रै नभएर स्वरोजगारमा रहेकाहरूलाई पनि जोड्नुपर्ने बताए । उनले सामाजिक सुरक्षा कोषमा अहिले महिनाको पाँच हजारका दरले श्रमिकहरू सूचिकृत भइरहेको पनि उल्लेख गरे ।

अध्यक्ष श्रष्ठले महासंघले अनौपचारिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्नको लागि ७५३ स्थानीय तहलाई केन्द्रिविन्दुमा राखेर काम गर्ने बताए । उनले सबै स्थानीय तहमा श्रमीक डेक्स स्थापना गरी एउटा पालिकामा ३ जना श्रमिक नेताहरुलाई पठाएर कामको व्यवस्थापन गर्ने योजना बनाएको पनि दाबी गरे ।

'न्यून आयबाट मध्यम आयतिर विपन्नता तोडी सम्पन्नतातिर' कार्यक्रम अगाडि बढाउने योजना बनाएको पनि उनको भनाइ छ ।

गरीवले गर्ने धनीले हर्ने परम्परालाई तोड्नुपर्ने भन्दै अब रोजगारी सिर्जना गर्नको लागि पनि श्रमिकहरू लाग्नुपर्ने उनको जिकिर छ ।

जिफन्टले अब स्वरोजगारको माध्यमबाट रोगजारी सिर्जना गर्ने कामलाई तीब्रता दिनुपर्ने भन्दै श्रमिकलाई उद्यमशील बनाउने,बीउ पुँजी दिने कार्यमा समन्वयकारी भुमिका खेल्ने श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले नेपालमा धेरै ट्रेड युनियन भएको भन्दै अब ट्रेड युनियनबीच सौहाद्रपूर्ण एकता अभियान चलाइने पनि बताए ।

उनले एकता अभियान अन्तर्गत भविष्यमा मिल्नसक्ने युनियनहरुसँग समझदारीका साथ सहकार्य शुरु गरिने बताए ।

उनले भने्,‘अब नेपालमा धेरै युनियन होइन । एउटै युनियन बलियो युनियन बनाउनुपर्छ । आगामी चार वर्षमा मजदुर आन्दोलन र श्रम बजारलाई थप व्यवस्थित गर्ने योजना बनाएका छौं ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement