ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आगामी निर्वाचनपछि मात्रै अनलाइनबाट मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग !

२०७९ साउन, १०  
समाचार र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

साउन १०, काठमाडौं । निर्वाचन आयोगका नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी संघिय निर्वाचन सकिएपछि देशभरबाट अनलाइन मतदाता नामावली संकलन गर्ने बताएका छन् ।

मंगलवार स्थानीय तह निर्वाचनको खर्च सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै थपलियाले अहिले उपत्यका सहित ५ जिल्लामा सिमित अनलाइन मतदाता नामावली संकलनको कार्यलाई संघिय निर्वाचन सकिएपछि देशभर पुर्‍याउने बताएका हुन् ।

उनले मितव्ययी निर्वाचनको नारामा आयोग नचुक्ने दाबी गर्दै आयोगले संघिय निर्वाचनको लागि तयारी शुरु गरिसकेको पनि उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको निर्वाचन इतिहासमा खर्च नबुझाउनेहरुलाई ठूलो कारबाही गर्ने चेतावनी दिए ।

उनले १ लाख ५६ हजार उम्मेदवारहरु रहेको र करीव १ लाख जना कारबाहीको भागिदार बन्नसक्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले विद्युतीय प्रणालीबाट चुनाव गराउने कुरा यसपटक सम्भवप्रायः नदेखिएको बताए । उनले सरकारले विद्युतीय मेसिन उपलब्ध गराएको खण्डमा निर्वाचन आयोग विद्युतीय प्रणालीबाट मतदात गराउन तयार रहेको पनि बताए ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement