काठमाडौं (अस) । नेपाली बजारमा टाटा नेक्सन ईभीको कारोबार हुन थालेको एक वर्ष पुगेको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीले टाटा नेक्सन ईभीको एकवर्षे यात्रा सफल रहेको दाबी गरेको छ ।
भारतको प्रख्यात गाडी निर्माता कम्पनी टाटा मोटर्सको उक्त गाडी नेपाली बजारमा विद्युतीय सवारीलाई नयाँ गति दिने उद्देश्यले ल्याइएको सिप्रदीले बताएको छ । टाटा नेक्सन ईभी एक वर्षको अवधिमा लोकप्रिय विद्युतीय गाडीको रूपमा स्थापित भएको कम्पनीको भनाइ छ । नेपाली बजारमा विद्युतीय गाडीको ठूलो हिस्सा नेक्सन ईभी एक्लैले ओगटेको कम्पनीले बताएको छ ।
आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता लगायत कारण नेक्सन ईभीले छोटो समयमै राम्रो बजार लिएको कम्पनीले बताएको छ । द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताबाट सुसज्जित यो गाडीप्रति आकर्षण बढेको कम्पनीको भनाइ छ । नेपालमा नेक्सन ईभी विक्रीको एक वर्ष पूरा भएको अवसरमा कम्पनीले विभिन्न कार्यक्रम गर्ने बताएको छ ।