ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी जागिरकाे अवसर, कृषि प्राविधिकसहित ४३ कर्मचारीको माग 

२०७९ साउन, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय इकाई, सुर्खेतले कृषि प्राविधिकसहित ४३ जना कर्मचारीको माग गरेको छ । 

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतकाे इकाईले बिहीवार सूचना प्रकाशित गरी कृषि प्राविधिक गरी विभिन्न १० पदमा दरखास्त खुलाएको हो । सूचना अनुसार कृषि प्राविधिक पदमा ३३ जना कर्मचारीको माग गरिएको छ । यस्तै, सबइन्जिनियर पदमा २ जना र अन्य ८ पदमा १–१ जना कर्मचारी पदपूर्ति गरिनेछ ।

कार्यक्रमको वेबसाइट वा आवेदन व्यवस्थापन प्रणालीमार्फत यी पदहरूमा आवेदन दिन आवश्यक न्यूनतम शैक्षिक योग्यता र पाठ्यक्रमबारे जानकारी पाइने सूचनामा उल्लेख छ । दरखास्तको समय यही साउन २६ गतेसम्म तोकिएको छ । 

योग्यताको पूर्वमूल्यांकन एवं प्रतियोगितात्मक परीक्षाबाट कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ । 

हेर्नुस् सूचना

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)