ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मर्जरको सकारात्मक संकेत

२०७९ साउन, १३  
१० वर्ष अघि
NA

दुई ठूला वाणिज्य बैंकहरू नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंक मर्ज हुने चर्चाले नेपाली पुँजी बजारमा नयाँ तरंग पैदा गरेको छ । यसअघि पनि धेरैवटा वित्तीय संस्थाहरूको मर्जको कुरा उठेको हो । तर, अत्यन्त थोरै मात्रको वास्तविक मर्जर हुन सक्यो । अहिले जुन ढंगमा इन्भेष्टमेन्ट र एभरेष्टको मर्जरको विषय अगाडि बढेको छ त्यो जतिसक्यो चाँडो तार्किक टुंगोमा पुग्नु नेपाली वित्तीय क्षेत्रको निम्ति एउटा सकारात्मक उदाहरण हुन सक्छ । दुवै कम्पनीले मर्जरबारे नेपाल राष्ट्र बैंक सकारात्मक भएको बताइनुले यसको कार्यान्वयन हुनेमा आशावादी हुन सक्ने ठाउँ छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ का लागि प्रस्तुत गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख छ । साथै सो नीतिमा पूर्वाधार विकासमा सहयोग पुग्ने गरी वैदेशिक संयुक्त लगानीमा ठूलो पुँजी र उच्च प्रविधिसहित नेपाल भित्रिने बैंक तथा वित्तीय संस्था तत्काल आउन नसकेका हुन् । तर, अवस्था सुधार भएसँगै विदेशी बैंकहरू आउने निश्चितप्रायः छ । यो अवस्थामा आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यहाँका वित्तीय संस्थाहरूको पुँजी परिचालन र व्यवस्थापकीय क्षमता बढाउन मर्जर आवश्यक भएको छ । भारतको पञ्जाब नेसनल बैंकको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट र इन्भेष्टमेन्ट बैंक गाभिन थुप्रै प्राविधिक कुराहरू अवश्य नै मिल्नुपर्ने हुन्छ ।

(सम्पादकीयबाट)
वर्ष ६ अंक १३ , शुक्रवार, १ असोज, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement