ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रिय गौरवका आयोजनामा समस्यै समस्या

२०७९ साउन, १३  
समाचार
Jagdamba Supershine Image Not Found

साउन १३, काठमाडौं। संसदीय अध्ययन समितिले राष्ट्रिय गौरवका आयोजनामा समस्या नै समस्या रहेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको हालै गरेको अध्ययनमा त्यस्ता आयोजना घोषणा गर्दा पूर्वतयारी नभएकोदेखि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरैजसो आयोजनामा समस्या रहेको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा रणनीतिक विकास, वित्तीय प्राविधिक तथा व्यवस्थापकीय पक्षसमेत समावेश गरी मापदण्ड तथा आधार तयार गर्नुपर्ने देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजनाको आधार तयार गर्दा आयोजनाको आर्थिक तथा वित्तीय सामाजिक विश्लेषण र वातावरणीय मूल्यांकन हुनेगरी, रोजगारी, गरीबी र असमानताको अन्त्य, समावेशी हुने विषयलाई समेत ध्यान दिनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना शुरू गर्दा आयोजना छनोट गर्दा स्पष्ट आधार तयार गरेको नपाइएको बताइन् । उनका अनुसार त्यसले गर्दा प्रारम्भिक सम्भाव्यता अध्ययन नै नभएका वा अन्य पूर्वतयारी नगरिएका आयोजना पनि राष्ट्रिय गौरवमा समावेश गरिएको अध्ययनबाट देखिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको डिजाइन गर्दा विकास तथा वातावरणबीच सन्तुलन कायम हुनेगरी गर्नुपर्ने र त्यस्ता आयोजना निर्माण गर्दा वनक्षेत्रलाई न्यूनतम असर हुनेगरी व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)