साउन १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १२ दशमलव ९२ अंक बढेको छ । नेप्से परिसूचक २ हजार १४० दशमलव ३९ विन्दुमा पुगेको हो । कारोबारमा आएका २१६ धितोपत्रको ५१ लख ११ हजार ३१० कित्ता शेयर ३४ हजार ९६० पटकमा रू. २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २१६ धितोपत्रमध्ये राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २८८ दशमलव ३० पुगेको छ । त्यसैगरी दोस्रोमा लुम्बिनी विकास बैंकको शेयर मूल्य ८ दशमलव ८४ प्रतिशत वृद्धि भएर रू. ४२९ दशमलव ९० पुगेको हो । त्यस्तै शुक्रवार सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका शेयर मूल्य ३ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४१३ दशमलव १० म ाझरेको हो । त्यसैगरी दोस्रोमा जोशी हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ५६ प्रतिशत घटेर रू. २२८ मा कायम भएको हो ।
सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्ट भएको छ । कम्पनीको रू. १२ करोड ८६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९८ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा लुम्बिनी विकास बैंकको रू.९ करोड ३४ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव ८२ प्रतिशत र हाइड्रोपावर समूहको समूहगत परिसूचक शून्य दशमलव ३७ प्रतिशत घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४ दशमलव ६१ प्रतिशत वृद्धि भएको छ ।त्यसैगरी दोस्रोमा होटल एण्ड टुरिजम समूहको परिसूचक ४ दशमलव २६ प्रतिशत बढेको हो ।