ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पहिलो दिनमै सयपत्री हाइड्रोपावरको आईपीओमा मागभन्दा ३.५५ गुणा बढी आवेदन 

२०७९ साउन, १३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा ३ दशमलव ५५ गुणा बढी आवेदन परेको छ । सीडीएस क्लियरिङका अनुसार शुक्रवार १ः३२ बजेसम्ममा २ लाख ४ हजार ९८९ जना आवेदकले २३ लाख ८४ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले शुक्रवारदेखि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । 

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा प्रतिकित्ता १०० रूपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । शेयर किन्नका लागि साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयमा सबै शेयर विक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । 

साथै, मेरो शेयरमार्फत् अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आईपीओको विक्री प्रबन्धकमाा एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. २१ करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँटपश्चात पूँजी रू. ३० करोड पुग्नेछ । 

कम्पनीले बाग्लुङ जिल्लामा २ दशमलव ५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)