ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

रियलमीको ‘सबैभन्दा शक्तिशाली’ एन्ट्री लेभल स्मार्टफोन ‘रियलमी सी–३१’ नेपालमा सार्वजनिक 

२०७९ साउन, १३  
समाचार प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

साउन १३, काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले सर्वाधिक शक्तिशाली दाबी गरेको एन्ट्री लेभल स्मार्टफोन ‘रियलमी सी–३१’ लन्च गरेको छ । बुधवार सार्वजनिक गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ, जुन स्ट्याण्ड बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ । 

त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको छ । उत्कृष्ट फोटोग्राफीको लागि १३ एमपीको क्यामरा रहेको कम्पनीले जनाएको छ । १७ हजार ७९९ रूपैयाँ मूल्य कायम भएको यस फोनमा ४ जीबी र्‍याम र ६४ जीबी रोमसहित उपलब्ध छ । 

सार्वजनिक कार्यक्रममा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्टफोनको रूपमा ‘रियलमी सी–३’ को लन्च गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।

यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यो सेट अत्यन्तै स्टाइलिश रहेको कम्पनीको दाबी छ । 

‘हामी टप पर्फर्मेन्समा विश्वास गर्छाैं, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरू कडा क्वालिटी चेकपछि मात्र बजारमा जान्छन् । हाम्रा सम्पूर्ण उपभोक्ताहरूको लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नको लागि हामी ‘डेयर टु लिप’अवधारणामा प्रतिबद्ध छौं,’ गिरीले भने ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement