ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीलङ्काको मुद्रा सञ्चिति १ अर्ब ८५ करोड डलर : केन्द्रीय बैंक        

२०७९ साउन, १४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

साउन १४, कोलम्बो । सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति १ अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले  बताएको छ ।     

श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा ७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेलादेखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ ।सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात ५ अर्ब ७० करोड डलरमा झरेको थियो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात ३ अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई १ अर्ब ९० करोड डलर पुगेको थियो ।  आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलङ्कालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ ।

अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य थुप्रै दाताहरूले आर्थिक सहायता पुग्नुुअघि श्रीलङ्का सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाट नै मुलुकको समस्या सम्बोधन गर्दै गर्न आह्वान गरेका छन् । रासस/ सिन्ह्वा
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)