ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असार महीनामा ग्लोबल आइएमई समुन्नत योजना –१ १३ करोडभन्दा बढी नोक्सानीमा

२०७९ साउन, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना –१ असार महीनामा नोक्सानीमा गएको छ । योजनाले सार्वजनिक गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार जेठ महीनामा रू. १३ करोड ५५ लाख नोक्सानीमा रहेको थियो भने असार मसान्तसम्म रू. १३ करोड ६४ लाख नोक्सानीमा रहेको छ ।

त्यस्तै जेठ  मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) रू. ९ दशमलव ८० रहेको असार महीनामा घटेर रू. ९ दशमलव ७९ कायम भएको छ । 

फण्डको खर्चमा वृद्धिभएसँगै जम्मा नोक्सानी पनि बढेको छ । जेठ मसान्तसम्ममा जम्मा खर्च रू. २ करोड ९२ लाख रहेकोमा असार मसान्तसम्ममा बढेर रू. ३ करोड ९ लाख पुगेको हो । त्यसैगरी असार मसान्तसम्ममा फण्डको जम्मा नोक्सानी रू. १० करोड ५४ लाख रहेको  छ । जेठ महीनामा उक्त नोक्सानी रू. १० करोड ६२ लाख थियो । 

योजनाको सूचीकृत शेयरमा लगानी घटेको छ । जेठ महीनामा फण्डले रू ८५ करोड २६ लाख सूचीकृत शेयरमा लगानी गरेकोमा असार महीनामा यस्तो लगानी रू ७९ करोड २२ रहेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा २० करोड लगानी गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)