असार १५, काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ ।
जेठ महीनामा रू.५६ करोड ३७ लाख लगानी थियो भने असार महीनामा ६१ करोड ८३ लाख रहेको छ । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा रू. १३ करोड लगानी गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी जेठ मसान्तको तुलनामा घटेको छ । फण्डले सार्वजनिक गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार उक्त अवधिसम्म यो फण्डमा रू. ७ करोड ८४ लाखभन्दा बढी नोक्सानीमा छ । जेठ मसान्तसम्म फण्ड रू. ९ करोड १४ लाखभन्दा बढी नोक्सानीमा थियो ।
जेठ महीनामा रू. २ करोड १८ लाखभन्दा बढी खर्च गरेको फण्डले असार महीनामा रू. २ करोड ३८ लाखभन्दा बढी खर्चिएको छ ।
असार मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति (न्याभ) मूल्य रू. १२ दशमलव ७६ रहेको छ । जेठ मसान्तसम्म योजनाको यो मूल्य रू. १२ दशमलव ६३ रहेको थियो ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला