ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

५ दिनमा १५ खर्ब रुपयामा पुग्यो भारतमा ५जी स्पेक्ट्रमको लिलामी 

२०७९ साउन, १५  
प्रविधि
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

नयाँ दिल्ली (भारत) । भारतमा ५ जी स्पेक्ट्रमको लिलामीमा बोलकबोलको रकम १५ खर्ब रुपयाँ नजिक पुगेको छ । शनिबार लिलामीको पाँचौं दिनमा लिलाम बढाबढमा सहभागीहरुल झन्डै १४ खर्ब ९९ अर्ब ६६ करोड रुपयाँ बराबरको बोली लगाएका छन् । 

५जीको लिलामीले उद्योग विस्तार हुन चाहेको, उद्योग समस्याबाट बाहिरिन खोजेको अनि वृद्धिको चरणमा छ भन्ने देखाएको दूरसञ्चार मन्त्री अश्विनी वैष्णवले मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए । लिलामी र लिलामीप्रति राम्रो प्रतिक्रियाले उद्योग परिपक्व बन्दैछ भन्ने देखाएको पनि उनले बताए । 

अर्बपति मुकेश अम्बानीको रिलायन्स जियो, सुनिल मित्तलको भारती एयरटेल, भोडाफोन आईडिया र गौतम अदानीको अदानी इन्टरप्राइजेजको एउटा एकाई ५जी स्पेक्ट्रमका लागि बोली लगाउने होडबाजी छन् । शनिबार मात्रै १ अर्ब ११ करोड देखि १ अर्ब १२ करोडको बोली लागेको छ । 

अहिले ४३ खर्ब रुपयाँ बराबरको ७२ गिगाहर्जको रेडियोवेब लिलामीमा छ । लिलामी ६०० हर्जदेखि २६ गिगाहर्ज सम्मको फ्रिक्वेन्सी ब्रान्डमा भइरहेको छ । लिलामीको पहिलो दिनमा १४ खर्ब ५० अर्ब बराबरको बोली लागेको थियो । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)