साउन १६, काठमाडौं । सरकारले मालपोत कार्यालयले प्रयोग गरिरहेको भू-सूचना व्यवस्थापन प्रणाली एलआरआईएमएस (ल्याण्ड रेकर्ड इनफरमेसन म्यानेजमेन्ट सिस्टम) अपग्रेड गर्ने भएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले ६ करोड रूपैयाँ खर्चेर सिस्टम अपग्रेडको काम अघि बढाएको छ। चालू आर्थिक वर्षमा २ करोड रूपैयाँ बजेट विनियोजन भएको विभागले जानकारी दिएको छ। अहिले सबै मालपोत कार्यालयमा एलआरआईएमएस सिस्टम लागू भइसकेको छ।