ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली आयोजनाको अछामतर्फकाे सार्वजनिक सुनुवाइ सकियाे

२०७९ साउन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । ४३९ मेगावाट क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको अछामतर्फकाे सार्वजनिक सुनुवाइ सकिएको छ। 

अछाम र सुर्खेतकाे सिमानामा रहेकाे आयाेजनाअन्तर्गत साेमवार अछामको ढकारी तथा तुर्माखाद गाउँपालिकामा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीसम्बन्धी सार्वजनिक सुनुवाइ सकिएकाे आयोजनाका प्रोजेक्ट म्यानेजर उपेन्द्र न्यौपानेले जानकारी दिए। सुर्खेतको चौकुने गाउँपालिकाको सार्वजनिक सुनुवाइ गर्न बाँकी रहेको उनको भनाइ छ ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी प्रमुख, गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरू एवं राजनीतिक दलका नेताहरू, सरोकारवाला बुद्धिजीवी र प्रभावित स्थानीय बासिन्दाहरू सहभागी थिए।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)