ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

५ वर्षमा मेगाको नाम हरेक नेपालीको मुखमा हुनेछ

२०७९ साउन, १७  
१० वर्ष अघि
NA

गाउँमा क्रेडिट कार्ड दिनुको अर्थ छैन । तर शहरमा क्रेडिट कार्ड अनिवार्य छ । त्यसैले सबै नेपलीका लागि फरकफरक किसिमका खाताका योजना हामीसँग छन् । ऋणको क्षेत्रमा हामीसँग मेगा कर्पोरेट, मेगा स्मल एन्ड मिडियम आन्त्रपेटनर आदि योजना  छन् । यसले बहुराष्ट्रिय कम्पनीदेखि उखु किसानसम्म र ठूला उद्योगपतिदेखि रिक्साचालकसम्मलाई समेट्छ । किराना पसल, कपडा पसल, मःमः पसल, साइकल मर्मत पसल, रेस्टुराँ, दुध डेरी, किसान, मजुदर, सबै मेगा बैंकका ग्राहक हुन् । ७० प्र्रतिशत जनताको वित्तीय क्षेत्रमा पहुँच छैन भन्दा हामी गाउँलाई लक्षित गर्छौं । तर, शहरका पनि अधिकांशको पहुँचमा बैंकिङ सेवा पुगिसकेको छैन । हामीसँग जादूको छडी त छैन तर हामीले शब्दको सपना बनाइसकेका छौं ।

मेगामा आबद्ध हुनुअघि बैंकका सञ्चालकहरूले बैंक चलाउने मेरो अरूभन्दा भिन्न सामथ्र्य रहेको बताउनुभएको थियो । त्यो अवसरसँगै मेरा लागि चुनौती पनि थियो । त्यो चुनौती प्रमुख कार्यकारी अधिकृतका नाताले मेरो काँधमा छ । एउटा त नाफा कति दिनसक्छु भन्ने हो । अर्को आर्थिक समावेशितातर्फ लाखौं जनतामा वित्तीय सेवाको पहुँच पुर्‍याउनु पनि मेरो दायित्व हो । त्यसैले पाँच वर्षमा हामी पहिलो नम्बरकै बैंक हुन्छौं भन्न सक्दैनौं तर बैंकमा अग्रणी भने हुनेछौं ।

(मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहसँगको कुराकानीबाट)
वर्ष ६ अंक १३, शुक्रवार, १ असोज, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement