ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावर कम्पनी कारबाहीमा

२०७९ साउन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । नियमअनुसार विज्ञापन प्रकाशन नगर्ने १४८ म्यानपावर कम्पनी कारबाहीमा परेका छन् । राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने सो संख्याका संस्थालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा वैदेशिक रोजगार विभागले ५० हजार रुपैयाँ दरले जरीवाना गराएको हो ।

जरीवानाबाट ७४ लाख रुपैयाँ संकलन भएको छ । साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले उनीहरूलाई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ बमोजिम जरीवाना गराइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

सम्बन्धित कम्पनीहरूले विज्ञापन प्रकाशन गरे/नगरेको बारे विभागले करीब एक महीना लगाएर अनुगमन गरेको महानिर्देशक पौडेलले बताए । वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९ को १ मा कुनै पनि इजाजतवाला म्यानपावर कम्पनीले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरेमा वा विभागको स्वीकृतिविना विज्ञापन प्रकाशन गरेमा विभागले ५० हजार रुपैयाँ जरीवाना गरी त्यस्तो विज्ञापन रद्द गर्न लगाउन सक्ने व्यवस्था छ ।

ऐनअनुसार कुनै पनि म्यानपावर कम्पनीले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनुपूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र संख्या, कामदारले पाउने तलब सुविधासहितको जानकारी सूचनामा उल्लेख गर्नुपर्छ ।

सूचनामा बिदा, कामदारले काम गर्नुपर्ने दिन र समय, वैदेशिक रोजगारमा जाने मुलुकको आधिकारिक निकाय वा कूटनीतिक नियोग वा श्रम सहचारी वा चेम्बर अफ कमर्श वा नोटरी पब्लिकबाट प्रमाणित गरिएको मागपत्र र अख्तियारनामाको सक्कल प्रति, रोजगारदाता संस्था र कामदारबीच हुने करारको प्रतिलिपि, इजाजतपत्रवाला र कामदारबीच हुने करारको प्रतिलिपि हुनुपर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)