ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुरुलेका दीपक बाख्रापालनमा रमाउँदै

२०७९ साउन, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

धनकुटा (अस) । अवसर र सुविधाको खोजीमा दुर्गमबाट सुगममा बसाइँ सर्ने क्रम तीव्र छ । धनकुटाको कुरुलेतेनुपालाई धनकुटाको कर्णाली भन्ने गरिन्छ । धनकुटा जिल्लाको सबैभन्दा विकट गाउँ भएकै कारणले यसलाई धनकुटाको कर्णाली भनिएको हो । विकट भएकै कारण कुरुलेतेनुपाबाट सुगम क्षेत्रमा बसाइ सर्ने क्रम निकै छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका विभिन्न समस्या देखाउँदै अवसर र सुविधाको खोजीमा यहाँबाट सुगम क्षेत्रमा बसाइ सर्नेको संख्या उच्च भएपछि गाउँ नै रित्तिने अवस्थामा छ । तर, सोही गाउँमा सम्भावनाको खोजी गर्ने पनि केही युवा छन् । तिनैमध्येका एक युवा हुन् बाख्रापालनमा भविष्य खोजिरहेका दीपक दाहाल ।

धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर ३ कुरुलेका दीपकले बाख्रा पालन शुरू गरेको १० वर्ष भयो । एक समयको जिल्लाकै विद्वान् गाउँको रूपमा चिनिने कुरुलेतेनुपाबाट अहिले भने अवसर र सुविधाको खोजीमा धेरै मानिस बाहिरिए पनि उनी भने गाउँमै रमाइरहेका छन् । यतिबेला गाउँमा दीपकका दौंतरी कोही पनि भेटिँदैनन् । न त नयाँ पुस्ता नै उल्लेख्य रूपमा गाउँमा छ । तर उनी भने बाख्रा फार्ममै रमाइरहेका भेटिन्छन् । दीपकले अहिले पनि गाउँमै बाख्रापालन गरिरहेका छन् । ‘यसमै आफ्नो भविष्य खोजिरहेको छु,’ उनले भने । उनी २०६९ भदौदेखि बाख्रा पालनमा छन् । २५ हजार रुपैयाँ लगानीमा १० ओटा पाठी किनेर बाख्रापालन शुरू गरेका उनले राम्रै आम्दानी हुने गरेको बताए ।

उनले गाउँभन्दा तल करीब १०० रोपनी क्षेत्रफलमा आधुनिक खोर बनाएर २०० ओटा बाख्रा राखेका छन् । बाख्रा पालन तत्कालका लागि भन्दा पनि दीर्घकालीन आम्दानीको राम्रो स्रोत हुने आत्मविश्वास उनको छ । ‘अहिले लगानी गरेर अहिले नै प्रतिफल प्राप्त हुन्न । तर दीर्घकालमा आम्दानी राम्रो हुन्छ भन्ने आशा राखेको छु,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)