साउन १७, काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १६ करोड १० लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ३ करोड ७५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको कम्पनीको नाफा गत आवमा ४ दशमलव २९ गुणा बढी भएको हो ।
गत आवमा कम्पनीको वित्तीय खर्च करिब ११ प्रतिशत कम हुनु र विद्युत विक्री आम्दानी करिब २७ प्रतिशत बढ्नुले खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गत आवमा कम्पनीले विद्युत विक्रीबाट ४० करोड ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो आवमा ३१ करोड ८६ लाख रुपैयाँ भन्दा बढी थियो ।
वित्तीय खर्च भने अघिल्लो आवमा १२ करोड ७५ लाख रुपैयाँ भन्दा बढी रहेकोमा गत आवमा ११ करोड ३९ लाख रुपैयाँ भन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
कम्पनीको जगेडा कोष रकम भने अघिल्लो आवमा ४५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी ऋणात्मक रहेकोमा गत वर्ष सुधारिएर . ११ करोड ६० लाख रुपैयाँ भन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ७४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ दमलव शून्य ५ रुपैयाँ रहेको छ ।