साउन १७, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १ अर्ब ३ करोडभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ४३ प्रतिशतले कम भएको हो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा साढे १२ प्रतिशत कम अर्थात् रू. १ अर्ब ६० करोडभन्दा बढी भएको छ । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको सञ्चालन नाफा रू. १ अर्ब ८३ करोडभन्दा बढी थियो । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. ७६ करोड ४३ लाखभन्दा बढी रहेको छ ।
२७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. २ अर्ब ९ करोडभन्दा बढी छ । शेयर प्रिमियममा रू.४ करोड ९ लाखभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निगमा रू.१ अर्ब ४५ करोडभन्दा बढी रहेको छ ।
कम्पनीले गत वर्ष २० दशमलव ४१ प्रतिशत बढी रू. २७ अर्ब १९ करोड निक्षेप संकलन गरेको छ भने ३२ दशमलव १४ प्रतिशत बढी अर्थात् रू. ३२ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीले गत वर्ष विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा २३ प्रतिशत कम अर्थात् रू. ४ अर्ब ७७ करोड कर्जा सापटी लिएको छ ।
अघिल्लो वर्ष शून्य दशमलव ६३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ८३ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४४ दशमलव ४२ र प्रतिशेयर नेटवर्थ रू. २५४ दशमलव २० रहेको छ ।