ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१५ लाख २३ हजारभन्दा बढीले भरे सयपत्री हाइड्रोपावरको आईपीओ, करीब २६ गुणा बढी शेयर खरीद माग

२०७९ साउन, १७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिन साउन १७ गतेसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका छन् ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २५ दशमलव ७२ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरूमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्कासन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयरसमेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । यीबाहेक बाँकी ६ लाख ७० हजार ५८६ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)