ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुधवारदेखि ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक,  ब्याजदर १० प्रतिशत हुने

२०७९ साउन, १७  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते बुधवार देखि सर्वसाधारणमा ऋणपत्र विक्री गर्ने भएको छ ।

बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बैंकले विक्री गर्नेछ । 

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरिनेछ । सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आउनेछ ।

यो ऋणपत्र खरीदका लागि छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गतेसम्म विक्री लम्बिनेछ ।

बैंकको ऋणपत्र निष्कासनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङग नेपालले न्यून कर्जा जोखिमको संकेत गर्ने केयर एनपी डबल ए माईनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्ध्मा प्रयाप्त मात्रमा सुरक्षित मानिने केयर रेटिङ्ग नेपालको भनाई छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सेवाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिका शाखा कार्यालयबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर वेवसाइट र एप मार्फत पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)