ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अजोड इन्स्योरेन्सद्वारा अभिकर्ता तालीम सम्पन्न

२०७९ साउन, १८  
बजार
Jagdamba Supershine NA

काठमाडौं (अस) । अजोड इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालीम सम्पन्न गरेको छ । कम्पनीले बीमा समितिको स्वीकृति लिएर गत साउन १४ देखि १६ गतेसम्म बाँकेको कोहलपुरमा तालीम दिएको हो ।

कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रम सञ्चालन कम्पनीका कोहलपुरका शाखा प्रमुख निर्मल कुमार क्षेत्री साउदले गरेका थिए ।

कम्पनीलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्लाबाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम सञ्चालन गर्न स्वीकृति दिएको बताइएको छ । कार्यक्रममा कम्पनीका लुम्बिनी प्रदेश प्रादेशिक कार्यालय प्रमुख भगवती रेग्मी, नेपालगञ्ज शाखा प्रमुख रविनकुमार भट्ट, कर्णाली प्रदेशका प्रादेशिक कार्यालय प्रमुख योगेन्द्रबहादुर कार्की लगायत कर्मचारीको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)