काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये एक हीराको आयातमा पनि प्रतिबन्धको असर परेको छ । गत असारमा यसको आयात शून्य रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा पुसमा सर्वाधिक रू. ३० करोडको हीरा आयात भएको छ । गत आर्थिक वर्षमा हीराको कुल आयात भने २ अर्ब १५ करोड ६१ लाख रुपैयाँ बराबरको भएको छ ।