ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंकको नाफा ३ अर्बभन्दा बढी, प्रतिशेयर आम्दानी कति ?

२०७९ साउन, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । सिद्धार्थ बैंकले गत आवको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २ अर्ब ८५ करोड नाफा कमाएकोमा गत आवमा बढेर रू. ३ अर्ब २१ करोड पुगेको हो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा खुद ब्याज आम्दानी २७ प्रतिशत र सञ्चालन नाफा १३ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब १० करोड रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । 

कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड रहेको छ भने गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ७ अर्ब ७८ करोड र रिटेण्ट अर्निङमा रू. १ अर्ब ६० करोडभन्दा बढी सञ्चित गरेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २२ दशमलव ७९ रहेकोमा गत आवमा बढेर रू. २५ दशमलव ७१ पुगेको हो ।

त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ७९ गुणा, तरलता अनुपात २१ दशमलव ५१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ९८ रहेको छ । 

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)