ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

 प्राइम कमर्शियल बैंकको  वितरणयोग्य नाफा रू. २ अर्ब ३९ करोड भन्दा बढी, खुद नाफा कति ?

२०७९ साउन, १८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो ।

यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीले गत आवमा रू. ३ अर्ब ६८ करोडभन्दा बढी नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले अघिल्लो आवमा रू. ३ अर्ब २६ करोड नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ८ प्रतिशत र सञ्चालन नाफा ११ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ६५ करोड रहेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६ अर्ब ५० करोड र रिटेन्ड अर्निङमा रू. २ अर्ब ३९ करोडभन्दा बढी सञ्चित गरेको हो । त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७३, मूल्य आम्दानी अनुपात १३ दशमलव ४३ गुणा, तरलता अनुपात २६ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ६९ रहेको छ । 

रिर्पोट हेर्न यँहा क्लिक गर्नुहोस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)