ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वाभिमान लघुवित्तले कमायो रू. ५ करोड २७ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

२०७९ साउन, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्म अर्थात् एक वर्षको अवधिमा रू. ५ करोड २७ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा रू. ३ लाख ६० हजार बढी हो ।

अघिल्लो आवमा कम्पनीले रू. ५ करोड २३ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले अघिल्लो आवमा रू. ११ करोड २८ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर रू. १२ करोड ९४ लाख पुगेको हो । 

कम्पनीको चुक्ता पूँजी रू. १२ करोड १७ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८ करोड १८ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ३२ करोड सापटी एवं रू. ६६ करोड ८० लाख निक्षेप संकलन गरी रू. २ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।

त्यसैगरी गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४३ दशमलव २८, मूल्य आम्दानी अनुपात ३६ दशमलव ०७ गुणा, तरलता अनुपात १५ दशमलव १० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव २३ रहेको छ । हालसम्ममा कम्पनीले ३४ ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)