साउन १८, काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवमा १०२ दशमलव ९५ प्रतिशत बढेको छ ।
कम्पनीले अघिल्लो आवमा रू.८ करोड २३ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. १६ करोड ७२ लाख पुगेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफामा उच्च वृद्धि हुन पुगेको हो । त्यसैगरी सो अवधिमा इम्पेरिमेन्ट चार्ज रिभर्स गरेकाले पनि नाफा बढेको हो । नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९४ रहेकोमा गत आवमा बढेर रू. २० दशमलव १७ पुगेको हो । त्यस्तै कम्पनीको चुक्ता पूँजी रू. ८२ करोड ८९ लाख रहेको छ भने कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा जगेडामा रू. ५६ करोड ८६ लाख सञ्चित गरेको छ ।
जगेडा कोष अघिल्लो आवको तुलनामा गत आवमा ३७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात १८ दशमलव ७१ गुणा, तरलता अनुपात ३१ दशमलव ४५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४५ रहेको छ ।
रिर्पोट हेर्न यँहा क्लिक गर्नुहोस