ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विश्व बैंकले सहयाेग नदिने घाेषणा गरेपछि आईएमएफसँग पुनः वित्तीय वार्ताकाे तयारी गर्दै श्रीलंका

२०७९ साउन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

कोलम्बो (श्रीलंका) । श्रीलंकाले बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वित्तीय वार्ता सुचारु गर्ने भएको छ । बुधवार श्रीलंकाली राष्ट्रपति रनिल विक्रमसिंघेले त्यहाँको संसदमा यस्तो बताएका हुन् । यस पटकको वार्ता सफल हुनेमा आफूहरू आशावादी रहेको उनले बताए ।

रनिल विक्रमसिंघेले गत महीना मात्रै प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । सरकारप्रतिको विरोध प्रदर्शन चर्किएपछि गएको महीना गोतबाया राजापाक्ष देश छाडेर भागेका थिए ।  

जुनको उत्तरार्द्धमा कोषका अधिकारीहरूको एउटा प्रतिनिधि मण्डल सरकारसँग वार्ता गर्न श्रीलंका आएको थियो । १० दिनसम्म चलेको वार्ता निस्कर्षविहीन भएको थियो ।

श्रीलंका केही दिनअघि कोषसँग प्राविधिक छलफल शुरु गरेको छ ।

यसअघि त्यहाँकाे सरकारले विश्व बैंकसँग सहायता मागेको थियो । बैंकले यसअघि पनि औषधि, खाना पकाउने ग्यास र विद्यालयको खाजा लगायत अत्यावश्यक वस्तुका लागि १६ करोड डलर उपलब्ध गराएको थियो । यस पटक भने सघन संरचनात्मक सुधार नआएसम्म त्यहाँको सरकारलाई सहयोग नदिने घोषणा विश्व बैंकले गरेको छ ।

बैंकबाट अपेक्षित ताजा सहयोग नपाएपछि श्रीलंकाले पुनः आईएमएफसँग वार्ताको तयारी गरिरहेको छ । वार्ता यही महीना सुचारु हुन सक्ने बताइएको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement