ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विकाससँग जोडिएपछि उज्यालिँदै ज्यामरुककोट

२०७९ साउन, १९  
गण्डकी प्रदेश विकास
Image Not Found

म्याग्दी (अस) । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट ऐतिहासिक स्थल हो । करीब ६०० वर्ष पुरानो इतिहास बोकेको ज्यामरुककोटको पुरातात्त्विक र पर्यटकीय महत्त्व बढ्दै गएको छ । समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चार लगायतका क्षेत्रमा विकास हुन थालेको छ । १५औं शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयले पूर्वाधार निर्माणमा तीव्रता दिएका छन् ।

थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्त्विक महत्त्वले युक्त खड्गभवानी कोत परिसरका सम्पदाहरू विकाससँग जोडिन थालेका छन् । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७६/७७ मा रू. २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको  छ ।

यसैगरी अघिल्लो आर्थिक २०७७/२०७८ मा नगरपालिकाले पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरेको बेनी नगरपालिका वडा नं २ का  अध्यक्ष यामबहादुर कार्कीले बताए । वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्त्वपूर्ण ऐतिहासिक स्थल खड्गभवानी कोत परिसर पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गएको छ । यस ठाउँको महत्त्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सकेमा उल्लेख्य पर्यटक आउन सक्ने उनको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement