काठमाडौं (अस) । गल्फ लुब्रिकेन्टले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल कम्पनीले ‘च्यालेञ्ज इग्नाइट्स सक्सेस’ नाराका साथ डिलर मिट सम्पन्न गरेको हो । दुईदिने सो कार्यक्रममा नेपालभर रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इण्डिया र नेपाल ल्युब आयल कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।
डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग प्रतिबद्ध गर्ने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ । सोही कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट बनेका डिलरलाई सम्मान पनि गरिएको कम्पनीको भनाइ छ । कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले विगत केही वर्षदेखि बाह्य कारणले व्यवसायमा समस्या उत्पन्न भएको बताए । समस्या हुँदाहुँदै पनि डिलरहरूको अथक प्रयास र इन्नोभेसनको कारण नेपालमा सबैभन्दा बढी विक्री हुने ब्राण्ड बनेको उनले दाबी गरे ।