ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चितवनमा एक वर्षमा सवारीसाधनको जरीवानाबाट उठ्यो ३ करोडभन्दा बढी रकम

२०७९ साउन, १९  
बागमती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, चितवन । चितवनमा एक वर्षमा सवारीसाधनको जरीवानाबाट ३ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । 

जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्षमा ३३ हजार ७३८ सवारीसाधनको जरीवानाबाट ३ करोड ८ लाख ५४ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको हो, जसमध्ये सबैभन्दा बढी रकम मोटरसाइकल जरीवानाको छ । उक्त शीर्षकमा ७८ लाख ५४ हजार ५०० रूपैयांँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ९ हजार २५१ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् । 

यस्तै, जीप/कारको जरीवानाबाट ७० लाख ९४ हजार ५००, ट्रक/टिपरको जरीवानाबाट ६८ लाख २४ हजार, बस/माइक्रोको जरीवानाबाट ३७ लाख ८५ हजार, टेम्पो तथा अन्य सवारीसाधनको जरीवानाबाट ३७ लाख २८ हजार र ट्र्याक्टरको जरीवानाबाट १५ लाख ६८ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 

पछिल्लो एक वर्षमा ६ हजार २३८ ओटा ट्रक/टिपर, ७ हजार ७२२ ओटा जीप/कार, ४ हजार ५७ ओटा बस/माइक्रो, ४ हजार ८८८ ओटा टेम्पो तथा अन्य सवारीसाधन र १ हजार ५७२ ओटा ट्र्याक्टर कारबाहीमा परेका छन् । 

ट्राफिक नियम उल्लंघन गर्नेबाट नियमानुसार जरीवाना गराइएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख धर्मबहादुर थापाले जिल्लामा चल्ने सवारीसाधनको संख्या बढेसँगै ट्राफिक उल्लंघन पनि बढेको बताए । जिल्लामा चल्ने सवारीसाधनमध्ये दुईचक्के सवारीसाधन बढी भएकोले उल्लंघन पनि सोही प्रकृतिका सवारीसाधनबाट बढी भएको उनको भनाइ छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement