काठमाडौं (अस) । समृद्धि फाइनान्स र ग्रोथ सेलर्सबीच जनशक्ति व्यवस्थापन सम्बन्धी सम्झौता गरिएको छ । फाइनान्सका लागि आवश्यक जनशक्ति नियुक्तिमा ग्रोथ सेलर्सले सहयोग गर्नेगरी सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ । ग्रोथ सेलर्सले सम्पूर्ण जनशक्ति नियुक्ति प्रक्रियामा सहयोग गर्ने बताइएको छ ।
समृद्धि फाइनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलर्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीका संस्थापक अध्यक्ष मोहन ओझाले बताए । समृद्धिसँग जोडिन पाउनु खुशीको कुरा रहेको उनको भनाइ थियो ।