ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘फर्च्युन ग्लोबल ५०० लिस्ट २०२२’मा बीवाईडीको प्रवेश

२०७९ साउन, २०  
बजार
Image Not Found

काठमाडौं (अस) । गाडी निर्माता कम्पनी बीवाईडी ‘फर्च्युन ग्लोबल ५०० लिष्ट २०२२’मा प्रवेश गरेको छ । कम्पनीले वातावरणप्रतिको बलियो प्रतिबद्धताका साथै दिगो भविष्यका लागि कदम चालिरहेको बताइएको छ । सन् २०२१ मा बीवाईडीले ७ लाख ३० हजार ९३ प्यासेन्जर गाडीको विक्री गरेको र सोमध्ये ५ लाख ९३ हजार ७४५ न्यू इनर्जी प्यासेन्जर गाडी रहेको कम्पनीले बताएको छ । त्यस्तै यस वर्ष (२०२२)को पहिलो ६ महीनामा बीवाईडीले ६ लाख ३८ हजार १५७ न्यू इनर्जी प्यासेन्जर गाडी विक्री गरेको र कम्पनीको प्रभाव ४०० भन्दा बढी शहरमा परेको कम्पनीले दाबी गरेको छ । हाल ७० देशमा आफ्नो उपस्थिति रहेको कम्पनीले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement