ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नर्भिक अस्पतालमा युरोलोजीको निःशुल्क ओपीडी

२०७९ साउन, २०  
बजार
Image Not Found

काठमाडौं (अस) । नर्भिक अस्पतालले आउँदो शनिवार युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । अस्पतालले विशेष अभियानअन्तर्गत विशेषज्ञसहितको दुई युरोलोजी टोलीबाट ओपीडी सेवा सञ्चालन गर्ने भएको हो । नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टोली र बिहान ९ बजेदेखि साढे १० बजेसम्म अर्को टोली परिचालन गरी युरोलोजीको ओपीडी सेवा सञ्चालन गर्न लागेको हो ।

युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टोलीले प्रोस्टेट ग्रन्थिसम्बन्धी सबै किसिमका बिरामीलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्ने अस्पतालको भनाइ छ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेट ग्रन्थिको शल्यक्रिया समेत गरिने अस्पतालले बताएको छ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको व्यवस्था समेत रहेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै ९ बजेदेखि साढे १० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्राडा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टोलीले निःशुल्क ओपीडी सेवा दिनेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीले सो ओपीडीबाट लाभ लिन सक्ने अस्पतालको भनाइ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement